घोराही सिमेन्टको आईपीओ रोक्का

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयर (आईपीओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ।

केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक शेयर रेटिङ नियमविपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासन रोक्न लगाएको हो।

कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको शेयरसमेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको शेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो।

आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रीलाई पत्र लेख्दै बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर