शैक्षिक मेला रोक्ने काठमाडाैं महानगरको कदममा उच्च अदालतकाे कारण देखाऊ आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाविरुद्ध उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले दर्ता गराएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको छलफलका लागि बिहीबार दुवै पक्षलाई अदालतका बोलाइएको छ ।

भृकुटीमण्डपमा एसईईको नतिजा नआई नयाँ भर्नालाई केन्द्रित गर्दै शैक्षिक मेलाको आयोजना गरेको भन्दै महानगरले शैक्षिक मेलालाई बन्द गराएको थियो । महानगरको कदमविरुद्ध हिसानले आइतबार उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

हिसानले शिक्षा मन्त्रालयको स्वीकृति लिई गरेको कार्यक्रमलाई महानगर हटाउन नमिल्ने दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *