झापामा ४ लाख रूपैयाँ घुससहित ३ सरकारी कर्मचारी पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रूपैयाँ घुस र स्राेत नखुलेकाे २ लाख २२ हजार २८० रूपैयाँ रकमसहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उनीहरूले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *