बारामा स्रोत नखुलेको ७ लाख रूपैयाँसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले बारामा स्रोत नखुलेको ७ लाख रूपैयाँ बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका-१०, मटिअर्वास्थित सीमा इलाकाबाट स्रोत नखुलेको ७ लाख ६ हजार ७२५ रूपैयाँसहित सोही उपमहानगरपालिका-८ का ४५ वर्षीय मदनकुमार मिश्र पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म, मटिअर्वा (बीओपी मटिअर्वा) ले उनलाई पक्राउ गरेको हो।

ना ३७ प ९७३५५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शंका लागी जाँच गर्दा उनको साथमा फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका उनलाई बरामद रकम र उनी सवार मोटसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर