विशेषबाट सफाइ पाएका भीमफेदी कारागारका जेलरसहित ६ जनाविरूद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेका दुई मुद्दामा भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

कसुर पुष्टि हुने आधार भए पनि सफाइ दिएको भन्दै अख्तियार विशेषविरूद्ध सर्वोच्च पुगेको हो।

सार्वजनिक सम्पत्ति हानिनोक्सानीमा शिवबहादुर गुरूङसमेत चार जना र गैरकानूनी सम्पत्ति आर्जनमा चिरञ्जीवी थापासमेत दुई जनाविरूद्धकाे मुद्दामा अख्तियारले पुनरावेदन गरेकाे हाे।

सफाइ पाउने चिरञ्जीवी थापा भीमफेदी कारागारका पूर्व जेलर हुन्। उनीविरूद्ध सार्वजनिक सेवामा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको अभियोग लागेको थियो।

उनीविरूद्ध अख्तियारले ७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले थापालाई गत २३ चैतमा सफाइ दिएकाे थियाे।

सार्वजनिक सेवा प्रवेश गरेको ०४५ सालदेखि ०७५ सम्म उनको करिब एक करोड १३ लाख ६० हजार रूपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी थियो। आयोगले उनीसँग स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग गरेको थियो ।

हेर्नुहाेस् पुनरावेदन गरिएका मुद्दाकाे पूर्ण विवरण : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *