शैक्षिक मेला रोक्ने काठमाडौं महानगरको कदममा उच्च अदालतको अंकुश

उच्च अदालत पाटनले शैक्षिक मेला रोक्ने काठमाडौं महानगरपालिकाको कदमा अंकुश लगाइदिएको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले महानगरको सो कमदविरूद्ध दर्ता गराएको रिटमा अन्तरिम आदेश हो।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको हो।

उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरू भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए।

तर, काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृतिविपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर