मान्छेको सानो सपनाले दिएको ठुलो दुखको कथा हो ‘निरफूल’– मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र निरफूल भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको समिक्षा गरेका छन् । उनले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै हेरेपछि सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेका थिए ।

‘भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ’, मन्त्री किरातीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गर्नुभएको निर्देशक वलले बताए ।

२०७२ सालको महाभूकम्पको सेरोफेरोमा कथा बुनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपरेको समस्या र बिछोडको दुर्दान्त पेस गर्छ । राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए ।

चलचित्र २६ जेठदेखि प्रदर्शनरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *