काठमाडौंबाट धनगढी उडेको श्रीएयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाण्डौबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

आइतबार बिहान धनगढी उडेको एयरलाइन्सको उडान नम्बर एसएचए २२१ विमानमा समस्या देखिएपछि १० मीनेटमै काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आइतबार बिहान ८ः५४ बजे उडेको विमान ९ः०५ बजे काठमाडौंमा फर्केर आकस्मिक अवतरण गरेको थियो ।

केही दिनयता श्री एयरलाइन्स, बुद्ध एयर र यति एयरलाइन्सका विमानमा पटक पटक आकाशमै प्राविधिक समस्या देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *