विमानस्थलमा भीआईपीहरूको आवागमन व्यवस्थित बनाउन कार्यविधि ल्याउँदै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विशिष्ट व्यक्ति (भीआईपी) हरूको आवागमन व्यवस्थित गर्न कार्यविधि ल्याउने तयारी भइरहेको जनाएको छ।

विमानस्थलको विगत तीन महिनाको प्रगति विवरण प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै प्राधिकरणले त्यसबारे जानकारी गराएको हो। प्राधिकरणका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कार्यविधि तयार भएर स्वीकिृतको क्रममा छ।

यस्तै प्राधिकरणले नेपाल एयरलाइन्सले गर्ने ब्यागेज ह्याण्डलिङका सिलसिलामा हुने ब्यागेज तोडफोड, चोरी जस्ता गुनासोलाई सम्बोधन गरी घटना नै नहोस् भन्नका लागि अनुगमन, सुपरभाइजरको व्यवस्था, गोप्रो क्यामेराको व्यवस्था गरिएको जनाएको छ।

यात्रुलाई लगेजमा बहुमूल्य सामान नराख्न सूचना, पकेट नभएको ड्रेसको व्यवस्था नेपाल एयरलाइन्सबाट कार्यन्वयन गराउन प्राधिकरण कार्यालयबाट समन्वय गरिएको महाप्रबन्धक तिवारीले बताए।

यसरी कार्य गर्दा हाल चोरी, तोडफोडका घटना न्यूनीकरण भै गुनासोमा कमी आएको प्रािधकरणको भनाइ छ।

आगमनमा ब्यागेज डेलिभरीमा हुने ढिलाइ नगर्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।

हवाई सुरक्षालाई थप सुधार गर्न विमानस्थल सुरक्षा समितिबाट उपसमिति गठन गरी सुरक्षा गोष्ठी समेत सम्पन्न गरेर सरोकारवाला निकायहरूबाट प्राप्त सुझावसहितको प्रतिवेदनलाई कार्यन्वयनमा लगिएको प्राधिकरणले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले २०७९ फागुन १६ गते गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन भ्रमणका क्रममा विमानस्थलमा परिणाममै देखिने गरी सुधारका लागि निर्देशन दिएका थिए।

मन्त्री किरातीको निर्देशन, आम यात्रु तथा सम्बन्धित सरोकारवाला निकायहरूको सुझाव, कर्मचारीहरूको निरन्तरको प्रयासबाट यी उपलब्धि हासिल भएको प्राधिकरणले जनाएको छ।

यस्ता छन् तीन महिनामा विमानस्थलका प्रगति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *