पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव ढकाल बिरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदिप ढकाल बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले सोमबार ढकालल १ करोड ४४ लाख ११ हजार सात सय एकासी रूपैंया एकहत्तर पैसो भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन अनुसार सजाय तथा जरिवानाको मागदाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता सहसचिव भोला दाहालका अनुसार ३२ साउन २०७४ मा सेवा प्रवेश गरेका ढकालको ३० जेठ २०७९ सम्मको आम्दानी तथा खर्चको स्रोतमाथि अनुसन्धान भएको हो ।

अनुसन्धानमा यही अवधिमा उनको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, पारिश्रमिक वचत, उनले प्राप्त गरेको प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, शेयर बिक्रीबाट प्राप्त रकम र बिभिन्न ब्यक्तिहरुसँग लिएको ब्यक्तिगत सापटीसमेत गरी आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३२१ रुपैयाँको स्रोत खुलेको थियो । तर उनले यही अवधिमा ७ करोड ८४ लाख पाँचहजार रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको थियो ।

आयोगले स्रोत नखुलेको १ करोड ४४ लाख ११ हजार सात सय एकासी रूपैंया एकहत्तर पैसो भ्रष्टाचार भएको ठहर गरेको हो ।

प्रवक्ता दाहालका अनुसार ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रकम भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेको हो ।

आयोगले सार्वजनिक पदमा रहेका ढकालको श्रोत नखुलेको बिगो उनको नाममा हाल कायम रहेको घरजग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफतको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

ढकाल गतवर्क्ष भदाै‌मा मात्रै रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *