नारी शक्तिको जागरण गराउने भन्दै कराेडाैं ठगी गर्ने धर्मगुरू पक्राउ

नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरूबाट करिब ५ करोड रूपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा धर्मगुरूकाे रूपमा चिनिएका व्यक्ति पक्राउ परेका छन्।

दोलखा घर भई भक्तपुर मध्यपुरथिमी नगरपालिका-, गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरूषोत्तम काफ्ले शनिबार पक्राउ परेका हुन्।

काफ्लेसमेतले काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोलेका थिए।

संस्थामा पीडितहरूलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दबाब दिने र नगरेमा परिवारको सदस्यलाई मारिदिने जस्ता धम्की दिई ठगी गरेको पाइएकाे हाे।

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *