झापामा १५ सय हेक्टर वन अतिक्रमण

झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण भएको छ। जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण भएको हो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका अनुसार सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ।

यस्तै शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमलब ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीको भनाइ छ।

यसैगरी सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ।

झापाका दुई स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ। भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *