ललिता निवास प्रकरण

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध पक्राउ पुर्जी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले हाल फरार बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान भूमाफियासँग मिलेर सरकारी लिखत कीर्ते गरेको आरोपमा बस्न्यातविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

भूमिसुधार मन्त्रालयको सचिव हुँदा बस्न्यातले ललिता निवाससम्बन्धी पटक-पटक पत्राचार र निर्णय गरेका थिए।

लिखत कीर्ते गरेको कसुरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ४ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

बस्न्यातविरूद्ध यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतको आदेशले २०७८ वैशाख २४ मा उनी ५ लाख रूपैयाँ धरौटीमा रिहा भएका हुन्।

ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरूद्ध पक्राउ अनुमति जारी भएको छ। तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे-अर्डर’ लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *