मौरिसस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

मौरिसस पठाएर आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सिरहा गोलबजार नगरपालिका-६ स्थायी घर भई काठमाडौंको वनस्थली बस्ने ४४ वर्षीय भवीन्द्रनाथ लामा पक्राउ परेका हुन्।

उनले यमबहादुर नेपालीबाट ४ लाख ५० हजार रूपैयाँ ठगेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रकम लिएपछि सम्पर्कविहीन उनलाई खोजतलासका क्रममा शुक्रबार वनस्थली, ढुंगेधाराबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार उनले पीडितलाई मौरिसस पठाइदिने, प्रक्रिया मिलाउन ४ लाख ५० हजार रूपैयाँ लाग्ने, मासिक १ लाख रूपैयाँ तलब हुने गार्मेन्टमा काममा लगाइदिने भनी प्रलोभनमा पारेका थिए।

उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *