काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

गृह मन्त्रालयले सहसचिव एवं मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ।

मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौंको सीडीओमा सरूवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

काठमाडौंका हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो। आठ वर्ष सहसचिव भएका बस्नेतले विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सीडीओका रूपमा काम गरिसकेका छन्।

यस्तै उनले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा प्रदेश कार्यालयमा समेत काम गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर