९ वर्षदेखि किन फिल्मबाट टाढा छिन् रेखा?

बलिउडकी चर्चित नायिका रेखा आजकल आफ्नो फोटोसुटका कारण चर्चामा छिन्। भोग म्यागजिनको अरेबिया संस्करणको कभरमा रेखालाई देखेर सबैले उनको तारिफ गरिरहेका छन्। फोटोसुटसँगै रेखा आफ्ना रोचक खुलासाका कारण पनि चर्चामा छिन्। म्यागजिनसँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा गरेका खुलासाबाट रेखा आफ्नो एक्लो जीवनबाट निकै खुसी रहेको देखिन्छ।

म्यागजिनसँगको कुराकानीमा जब उनलाई फिल्मबाट टाढा बस्नु र सन् २०१४ मा आएको फिल्म ‘सुपर नानी’ पछि कुनै फिल्म साइन नगर्नुको कारण सोधियो, तब उनले भनिन्, ‘म भाग्यमानी छु कि मसँग कुनै पनि निर्णयमा हो वा होइन भन्ने स्वतन्त्रता छ, म आफूलाई भाग्यमानी ठान्छु किनभने म जे चाहन्छु त्यो आफ्नो मर्जीले गर्न सक्छु। सही र गलत छान्ने अधिकार मैले पाएकी छु। यो तपाईंमा भर पर्छ कि तपाईं सिनेमा मबाट अलग देख्नुहुन्छ वा मसँग जोडिएको पाउनुहुन्छ।’

उनले आफ्नो अभिनय करियरका पुराना दिनहरूका धेरै राम्रा सम्झनाहरू रहेको बताइन्। यिनै सम्झनाको सहाराले उनी अझै पनि फिल्ममा आबद्ध रहेको महसुस गर्छिन्। उनले सही समयमा सही प्रोजेक्टले आफूलाई आफैं खोजेर आउने बताइन्।

कुराकानीमा रेखालाई प्रेमबारे प्रश्न सोध्दा उनले मन छुने जवाफ दिइन्। उनलाई ‘सम्बन्धमा आएको केही दिनपछि प्रेममा कमी आउँछ?’ भनेर सोधिएको थियो। रेखाले एक पटक सम्बन्ध बनेपछि सधैंभरिका लागि हुने बताइन्।

रेखाका अनुसार एक पटक प्रेम सम्बन्ध स्थापित भएपछि त्यो स्थायी बन्न पुग्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर