कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन्।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। पहिलो चरणमा नेकपा (एकीकृत समाजवादी) का कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्। मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीद्वयको कार्यविभाजन भने पछि तय हुने जानकारी दिइएको छ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन। मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर