साढे २९ किलो गन्धकसहित भारतीय नागरिक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

सशस्त्र प्रहरीले कैलालीमा विष्फोटक पदार्थमा प्रयोग हुने २९ किलो ५ सय ग्राम गन्धकसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ।
कैलारी गाउँपालिका-३, खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको हो।
साइकलमा राखेर भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डीएसपी थापाका अनुसार चेकजाँचका क्रममा उनी सुरूमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए। तर, शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो। के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन।
नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, हसुलियामा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर