प्रहरीको सरूवा-बढुवामा भनसुन र आर्थिक चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको सरूवा-बढुवामा हुँदै आएको भनसुन र आर्थिक चलखेललाई शून्यमा झारिएको दाबी  गरेका छन्।

आफ्नो सचिवालयले आर्थिक चलखेल गरेको प्रमाणित गरे आफूले राजनीति नै नगर्ने समेत उनले बताए।

शुक्रबार बिहान ललितपुरको हात्तीवनस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।

मन्त्री श्रेष्ठले भने, ‘प्रहरीको सरूवा-बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु। मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिनँ।’

राजनीतिक दबाब र हस्तक्षेप तथा अवाञ्छित आर्थिक गतिविधिका आधारमा प्रहरीको सरूवा र बढुवा नहुने उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रहरी तथा निजामती कर्मचारीको सरूवा तथा बढुवामा आफूलाई दबाब नदिएको उनकाे भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर