२ लाख घुससहित लेखा अधिकृत पक्राउ

मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि उनले घुस माग गरेका थिए।

घुस मागेको भन्ने सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको प्रवक्ता दाहालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *