संसदकाे अवराेध खुलाउनेबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल

प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। अवरोधका कारण मिटरब्याजपीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै अन्य महत्त्वपूर्ण विधेयकहरूसमेत अगाडि बढ्न सकेको छैन।

राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११:०१ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरूको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा सङ्घीय संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *