सम्पर्कविहीन कर्मचारी खोज्दै सशस्त्र हेडक्वार्टर

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सम्पर्कविहीन कर्मचारीको खोजी गरेको छ। लामो समयदेखि बिनासूचना गैरहाजिर रही सम्पर्कमा समेत नरहेका कर्मचारीहरूको खोजी भएको हो।

प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर तीन महिनादेखि सम्पर्कमा नरहेका सात कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आउन भनेको छ। यसरी गैरहाजिर हुनेमा दुई जना सशस्त्र प्रहरी सहायक हवल्दार र पाँच जना जवान छन्।

उनीहरूलाई सात दिनभित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए सेवाबाट हटाइने चेतावनी दिइएको छ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर