शिक्षक छनाेटमा घुस, विव्यस अध्यक्ष र प्रधानाध्यापक पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा १६ हजार रूपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

आयोगको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित सिद्धिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *