प्रधानमन्त्री कप महिला भलिबल : एपीएफ विजयी

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरूष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भडहलमा आज भएको पहिलो खेलमा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
एपीएफले खेलको पहिलो सेट २५–९, दोस्रो सेट २५–१२ र खेलको तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो । यस जितसँगै एपिएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै दुई खेलमा छ अङ्क जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । प्रतियोगितामा महिलातर्फ छ तथा पुरूषतर्फ सात टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *