सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तयारी :

सातै प्रदेशमा गोताखोर, मोटरबोट र हेभी इक्युपमेन्ट परिचालन

सशस्त्र प्रहरी बल, नेपालले सम्भावित मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ।

जसअन्तर्गत डोजर, लोडर गरी १३ वटा हेभी इक्युपमेन्टलाई प्रधान कार्यालयसहित कोशीस्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए।

कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल, नेपालका युनिटहरूमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट तथा १४ जिल्लाका १७ वटा युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरहरूसमेत तयारी हालतमा राखिएको छ।

८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्तिसहित नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रूपन्देही, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको डीएसपी थापाले बताए।

उनका अनुसार ‘ए’ क्लासका ८ वटा एम्बुलेन्स नं. १ बराह बाहिनी महोत्तरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरणसहित सातैवटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालन रहेको समेत उनले बताए।

सशस्त्र प्रहरी बल, नेपालका सातैवटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन बेसहरू मूलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको छ।

मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले सातवटै बाहिनी मुख्यालयहरूमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक/एक प्लाटुन, सम्पूर्ण गणहरूमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरूमा एक/एक सेक्सन आवश्यक सामग्रीसहित तयारी हालतमा राखिएको छ।

बाढीका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनका लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एक/एक गरी १२ वटा स्थानमा डिप ट्युबेलसहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *