बूढानीलकण्ठमा गरगहनासहित ३० लाख रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँकाे बूढानीलकण्ठस्थित एक घरमा ३० लाख रूपैयाँ बराबरकाे धनमाल चाेरी भएकाे छ।

बूढानीलकण्ठ नगरपालिका-३, बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको हाे।

प्रहरी प्रधान कार्यालयका अनुसार उनकाे घरबाट विभिन्न सुन तथा हीराका गरगहना र आठ हजार पाँच सय रूपैयाँ नगद गरी करिब ३० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर