मौद्रिक नीति

राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आबद्ध गरिने

सरकारले राष्ट्रिय परिचयपत्रलाई अब व्यावहारिक रूप प्रदान गर्ने भएको छ ।
परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी कामकारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गरिने भएको हो।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्रलाई व्यावहारिकता प्रदान गर्ने व्यवस्था गरिने उल्लेख छ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूबीच ग्राहकको सूचना आदानप्रदान गर्न र राष्ट्रिय परिचयपत्रसमेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी त्यस्तो प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर