कोशी सरकारको निरन्तरता कि नयाँ सरकार? फैसला आज

सर्वोच्च अदालतमा कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्ध दर्ता भएको मुद्दाको फैसला बिहीवार आउने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दर्ता गराएको मुद्दाको फैसला बिहीबार आउने भएको हो ।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार मुद्दामाथि बहस सकिएको थियो । मुद्दाको सुनुवाइ बुधबार सकिएकाले इजलासले आज फैसला सुनाउने भएको हो ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *