प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दाहाल र ओलीबीच आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेर बोलाएका थिए र ओली आइतबार बिहान बालुवाटार पुगेका हुन्।

दुई शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयवस्तुका साथै प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाउनेबारे छलफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर