
अभिनेता सारूक ताम्राकारको मोबाइलमा भेटियो ‘सुसाइड नोट’


आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका अभिनेता सारूक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ।
सारूक काठमाडौंको रातोपुलस्थित घरमा गत असार २१ गते मृत फेला परेका थिए।
प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’ मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनले उक्त नोटमा सबै गल्ती आफ्नै भएको र कसैलाई दोषी नबनाउन भनेका छन्।
सारूकले ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ’रानी’ लगायतका फिल्ममा अभिनय गरेका थिए।
मृत भेटिनुअघि उनी फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। उक्त फिल्ममा उनीसँगै अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए।
प्रतिक्रिया