ताप्लेजुङका बाढी-पहिरो प्रभावितलाई कांग्रेसकाे राहत

नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो हप्ता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ ।
आइतवारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण शुरू गरेको हो ।

गत जेठ ३२ गतेदेखि असारको पहिलो हप्तासम्म अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेकोे छ ।

सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घरपरिवारलाई राहत वितरण भइसकेकोे तरुण दलका ताप्लेजुङका कार्यबाहक सभापति पृथ्वी पालुंवाले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई नून, तेल, चामल सहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ । मंगलवार सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिने जनाइएको छ ।

यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई पार्टीले राहत वितरण गरेको थियो । कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्था लगायतबाट राहतका लागि सहयोग रकम संकलन गरेको थियो । कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले समेत राहत वितरणका लागि सहयोग गरेका छन् ।

बाढीपहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताए । जिल्लामा बाढीपहिरोबाट ४०० बढी परिवार प्रभावित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर