सरकारकाे सहजीकरणका बावजुद २१ प्रतिशतले घट्यो निकासी

सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा एक खर्ब ५७ अर्ब रूपैयाँको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कुल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए । गत आवमा १६ खर्ब ११ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो । गत आवमा नेपालको कुल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आवमा कुल १७ खर्ब ८६ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो ।

‘गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ,’ उनले भने, ‘समीक्षा अवधिमा नेपालको कुल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ ।’

आव २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १:९.६ रहेकामा गत आवमा सो अनुपात १:१० पुगेको सचिव मरासिनीले जानकारी दिए । उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए । उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्त्वपूर्ण निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर