नेपालगञ्जमा आवास जोखिम बीमा लागू हुँदै

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ।

उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं. ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो।

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं. ३ र ७ मा बढी भएको हुँदा सुरूआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए।

उनले भने, ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरूआती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले १५ लाख रूपैयाँसम्मको रकम उपलब्ध गराउनेछ।‘

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए।

‘अहिले अनुमानित रूपमा आठ सय घर मात्र लिएका छौँ। यो सङ्ख्या बढ्न पनि सक्छ,’ उनले भने, ‘घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौँ।’

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागेकाे हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *