व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण

तीन महिनापछि अदालत हाजिर व्यवसायी रूङ्गटालाई थुन्न आदेश, बेहाेस भएपछि लगियाे अस्पताल

व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रूङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रूङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

घटनाको तीन महिनापछि आज रूङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए । अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रूङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो ।

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रूङ्गटा र जीवन रावलविरूद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रूङ्गटा फरार रहँदै आएका थिए ।

कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रूङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’ मा उल्लेख गरेका थिए ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *