सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

लामो समयदेखि सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रूपमा काम गर्दै आएको सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ को चौथो संस्करण घोषणा गरेको छ।

उसले आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस-२०८० को अवसर पारेर काठमाडौंमा असोज १५ गते ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड-२०२३’ आयोजना गर्ने भएको हो।

एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना हुन लागेको हो।

सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा सफल तथा क्रियाशील व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखी यस पटक विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको उसले जनाएको छ।

संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरूको काम गर्ने सोच, व्यावसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको बताएको छ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो। तेस्रो सस्करण दुबईमा सम्पन्न भएको थियो। यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मूलका विभिन्न व्यावसायिक व्यत्तित्वहरूलाई नेपालमा आमन्त्रण गरी सम्पन गर्ने लक्ष्य आयोजकले राखेको छ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्षभन्दा वढी समय निरन्तर काम गरी सफलता प्राप्त गरेका र हाल विभिन्न काममा क्रियाशील रहको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए।

‘सबै व्यावसायिक क्षेत्रका सम्मानित व्यतित्वहरूलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं। यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

सकारात्मक सोचको विकास, व्यावसायिक तथा सामाजिक दायित्व वहन, राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

संस्थाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर