अवैध सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको करिब १०० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

उक्त ताैल बराबरकाे १ थान सुनकाे बालासहित भारतीय नागरिक ४२ वर्षीय इस्हाब शुक्रबार बिहान पक्राउ परेका हुन्।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाइछिपाइ भन्सार छलेर लैजान लागेको उक्त सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर