जाजरकोट र अछामका सीडीओ फेरिए

जाजरकाेट र अछाममा प्रमखु जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले यी दुई जिल्लामा नयाँ सीडीओ पठाएकाे हाे।

जाजरकोटको सीडीओमा उपसचिव सुरेश सुनारकाे सरूवा गरिएकाे छ। यस्तै अछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरूवा मागेकाले उनकाे ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिइएकाे छ।

सुनार मोरङमा सीडीओका रूपमा कार्यरत थिए। उनले बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझङमा सीडीओकाे रूपमा काम गरिसकेका छन्।

त्यस्तै पोखरेलसँग मुगु र दार्चुलाको सीडीओकाे रूपमा काम गरेकाे अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भइसकेका छन्।

उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर पनि काम गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *