प्रधानमन्त्री दाहालसँग युरोपेली संघकी राजदूतको बिदाइ भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डिप्रेजले बिदाइ भेट गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर