प्रधानन्यायाधीश सिफारिस श्रेष्ठकाे संसदीय सुनुवाइ प्रक्रिया सुरू

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरू गरेको छ।

समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद-प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सार्वजनिक सञ्चार माध्यममार्फत सूचना आह्वान गर्ने निर्णय गरेको छ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको समिति बैठकले सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफै समिति सचिवालयमा उपस्थिति भई उजुरी दिन सक्ने व्यवस्थासहितको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले उहाँसग त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्नेछ। समितिसमक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्नेछन्। सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।

वि. स. २०७३ साउन १७ गतेदेखि सर्वाेच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा रेहका श्रेष्ठ केही दिनयता कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्। वि. सं. २०१६ असोज २० गते डोटीको सिलगढीमा जन्मेका उनी वि. सं. २०३८ मा अस्थायी शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर