सुन तस्करी प्रकरण

राजेन्द्र लिङ्देनको प्रश्न- उच्चस्तरीय छानबिन समिति बनाउँदा राज्यलाई के क्षति हुन्थ्यो?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उच्चस्तरीय समिति बनाउँदा सरकारलाई के क्षति हुन्थ्यो भन्दै प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले प्रतिपक्षको मात्रै होइन सरकार पनि सदन चलाउने पक्षमा नभएको भन्दै समिति निमार्ण गर्दा के नोक्सान हुन्थ्यो भनेका हुन्।

‘आज सरकार पनि सदन नचलोस् भन्ने चहान्छ, प्रतिपक्षको मात्रै कुरा होइन। अहिले प्रतिपक्षलाई अभियोग लगाएर सरकार मस्तसँग बस्ने अवस्थामा छ। यस्तो गम्भीर विषयमा उच्चस्तरीय समितिको माग गर्दा त्यो समिति बनाउँदा सरकारलाई क्षति हुने विषय के थियो, के नोक्सान हुन्थ्यो?,’ उनले भने, ‘सरकारले गरेको सबै अनुसन्धान पूर्ण छ? सरकारले गरेका सबै काम पूर्ण हुदैँन। जनतालाई विश्वास दिलाउनको लागि पनि समिति बनाउँन सहयोग गर्नुहोस्। यसको निमार्णपश्चात् पद जाने हो र?’

उनले केही दलहरू मिलेर संसदलाई बन्धक बनाउन नमिल्ने भन्दै संसदीय समिति निमार्णको विषय स्वीकार्य नभएको बताए।

उनले भने,‘केही दलहरू मिलेर संसदलाई बन्धक बनाउँन मिल्छ। तपाईंहरू रातारात सल्लाह गर्ने, तीनवटा दलले सल्लाह गर्‍याे भनेर हामी पछि लाग्नुपर्ने, म प्रश्न गर्न चहान्छु यो गैरसंवैधानिक शक्तिकेन्द्रको निमार्ण यो संसदभित्र कसरी भयो? संसदको कुन धारा-उपधाराले यो संरचनाको परिकल्पना गर्छ? तीन दल बस्ने, संसदीय समितिको निमार्ण कसरी हुन्छ भन्ने कुरा नियामवालीमा छ। तीनवटा दल बसेर यसको टुंगो लगाउने हो यस्तो कुरा आइरहेको छ। कसैलाई निषेध गरेर जाने अहिलेको संसदीय संरचनाले पनि कल्पना गरेको छैन र जनमतको चहाना पनि होइन। त्यो कुरा स्विकार्दैनौं। ’

उनले अर्थतन्त्र संकटमा रहेको, निमार्ण व्यवसायीहरू हप्तौंदेखि सडकमा रहेको, काम गरेको भुक्तानी नपाएको भन्दै यस विषयमा कुनै छलफल नभएको तर भागबण्डाको कुरा भने मिलिरहेको टिप्पणी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *