उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै एमालेले फेरि गर्‍याे संसद अवरोध

नेकपा (एमाले) ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनमा सरकारको प्रतिबद्धता नआएको भन्दै एमालेले बैठकमा अवरोध गरेको हो।

एमालेको अवरोधअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जवाफ दिएका थिए। तर, गृहमन्त्रीले आफूहरूको मागबारे केही नबोलेको भन्दै एमालेले बैठकमा अवरोध गरेको हो।

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग आफूहरूको रहेको एमाले सचेतक महेश बर्तौलाले बताए।

बर्तौलाले बोलेपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि कांग्रेसका सांसद रामहरि खतिवडालाई समय दिए। त्यसपछि एमाले सांसदहरुले संसदमै नाराबाजी सुरू गरेका थिए।

सभामुख घिमिरेले एमाले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उनीहरूले उठेर विरोध जनाइरहे। त्यसपछि सभामुख घिमिरेले बाँकी कार्यसूची हटाइएको जानकारी गराउँदै बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर