सशस्त्रकाे अपरेशन : ठूलाे परिमाणमा नक्कली नाेट बरामद, कारखाना भेटिएन

सशस्त्र प्रहरीले काठमाडौंकाे तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार नक्कली नोट सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्रले साेहीस्थानमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालीका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालिका-२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका-१ का मदन दमाई गरि ३ जना नक्कली नोट सहित पक्राउ गरेकाे हाे ।

उनीहरुको डेरा कोठाबाट नेपाली रूपैया एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरी जनाएकाे छ ।

यस्तै मोबाइल ४ थान , सिमकार्ड १० थान र २२० सिसिको बा६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएकाे छ।

यस्तै उनीहरूका साथबाट नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरुलाई बरामद सामान सहित आवश्यक कारबाहीकमलागि स्थानिय प्रहरीलाई बुझाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर