अमेरिकी राज्य विभागका विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजक काठमाडौंमा

अमेरिकी राज्य विभागका विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजक रिचर्ड नेफिउ नेपाल आएका छन्। उनी बिहीबार काठमाडौं आइपुगेका हुन्।

नेपालका लागि अमेरिकी राजदूत डीन रिचर्ड थम्पसनले एक ट्वीट गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएका छन्।

राजदूत थम्पसनका अनुसार नेफिउले नेपालका सरकारी अधिकारीहरू र नागरिक समाजका प्रतिनिधिहरूसँग भेट गरी लोकतन्त्रका लागि भ्रष्टाचारविरोधी शिखर सम्मेलनमा नेपालको प्रगति र प्रतिबद्धताबारे छलफल गर्नेछन्।

काे हुन् रिचर्ड?

नेफिउ ५ जुलाई, २०२२ मा अमेरिकी राज्य विभागकाे विश्वव्यापी भ्रष्टाचारविराेधी संयाेजक नियुक्त भएका थिए। त्यसअघि उनी कोलम्बिया विश्वविद्यालयमा विश्वव्यापी ऊर्जा नीति केन्द्रमा वरिष्ठ अनुसन्धान विशेषज्ञ थिए।

उनी एक लेखक पनि हुन्।  कोलम्बियामा आफ्नो कार्यकालअघि उनले इरानका लागि उप-विशेष दूत, प्रतिबन्ध नीतिका लागि प्रमुख उप-संयोजक र इरानमा राष्ट्रिय सुरक्षा अधिकारीका लागि निर्देशकको रूपमा काम गरेका थिए।

उनले अन्तर्राष्ट्रिय सुरक्षा र अप्रसार विभागका साथै ऊर्जा विभागको अप्रसार र अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयमा पनि काम गरेका छन्। उनले सुरक्षा नीति अध्ययनमा एमए र जर्ज वाशिंगटन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा बीए गरेका छन्।

*शीर्षक सच्याइएकाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर