भारतीय प्रधानमन्त्री मोदीविरूद्ध लोकसभामा दर्ता अविश्वास प्रस्ताव असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध संसदकाे तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव असफल भएको छ।

लोकसभाका अध्यक्ष ओम बिरलाले बिहीबार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरूद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव विफल भएको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।

यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए। प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतमार्फत मतदान गराएपछि प्रस्ताव विफल भएको घोषणा गरेका हुन्।

मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरंकुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारका विरूद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो। सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर