स्राेत नखुलेकाे करिब ९ लाख रूपैयाँसहित नेपाल-भारत सीमाक्षेत्रबाट एक जना पक्राउ

सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार अपराह्न सिरहा नगरपालिका-१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल-भारत सिमानास्थित भारतबाट नेपाल आउँदै गर्दा साहलाई पक्राउ गरेको हो।

बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार रुपैयाँ र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख रूपैयाँ गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रूपैयाँ बरामद गरेको हो।

प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहका डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *