धनुषाको पशु कार्यालयबाट शहीदनगर नगरपालिकाका इन्जिनियर र उनका साथी घुससहित नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरूदेव यादवलाई घुस रकम र चेकसहित आइतबार नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर चौधरीले वाल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए । आयोगमा परेको उजुरी निवेदनका आयोगको कार्यालय, बर्दिवासबाट खटिएको दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूका साथबाट घुस लिएको नगद एक लाख रूपैयाँ र एक लाख ७५ हजार रूपैयाँ बराबरको चेक बरामद भएको आयोगले जनाएको छ । उनीहरूलाई पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *