दोलखाका पूर्वसीडीओ खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

एक वर्ष कैद, चार लाख रूपैयाँ बिगो र सोहीअनुसार जरिवानाकाे फैसला

विशेष अदालतले दोलखाका पूर्वप्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आज घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक वर्ष कैद, चार लाख रूपैयाँ बिगो र सोहीअनुरूप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुरू विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो ।

आयोगले रिजालविरूद्ध चारवटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियाे ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए ।

उनले विभिन्न मुद्दासम्बन्धी केस लाग्ने भन्दै तथा कारागारको डरत्रास देखाई बार्गेनिङ गर्ने गरेको र फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरी ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रूपैयाँ घुस लिएको पाइएको अख्तियारकाे ठहर थियाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *