५ लाख रूपैयाँ घुससहित सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई जना कर्मचारी पक्राउ

सप्तरीको विष्णुुपुर गाउँपालिकाका दुई जना कर्मचारी ५ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुुधबार गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

सोलार बत्ती जडानलगायत योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले घुससहित उनीहरूलाई पक्राउ गरेको हो।

अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार लेखापाल टेकनारायणलाई सेवाग्राहीबाट लिएको घुसबापतको २ लाख रूपैयाँ नगद र एमआईएस अपरेटर वीरेन्द्रकुुमारलाई ३ लाख रूपैयाँको चेकसहित पक्राउ गरिएको हो।

सप्तरीको राजविराज नगरपालिका-३, त्रिभुवन चोकबाट पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर