१६१ पालिकामा पशुसेवा आधारभूत प्रयोगशाला स्थापना गरिन्छ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणमा आउन लागेको जिकिर गरेका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भुसालले बिस्तारै रोग नियन्त्रण हुँदै गएको भन्दै संकट टरेको दाबी गरे। यो रोगको असर पछिसम्म नपरोस् भनेर पनि पूर्वतयारी गर्ने बताए।

उनले भने, ‘अब यो रोगले संकटमा जाँदैन। नियन्त्रणमा आइसक्नै लागेको छ। गर्मी लाग्दै गर्दा मौसमको कारणले पनि यसको असर पछि नपरोस् भनेर पनि पूर्वतयारी गर्ने छौं।’

उनले देशमा पशुसेवा जनशक्ति कम भएको स्वीकार गर्दैै पहिलो पटक एक सय ६१ पालिकामा पशुसेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिए।

उनले भने, ‘हामी तीतो सत्यलाई स्विकार्नुपर्छ। हामीसँग पशुसेवा जनशक्ति कम नै छ। संघीय बजेटमा एक सय ६१ जना माग गरेका छौं। एक सय ६१ पालिकामा पशुसेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको छु। यो पहिलो पटक हो।’

यस्तो गम्भीर विषयमा हामीसँग बजेट छैन भनेर मुक्ति नपाउने भन्दै उनले एक सय ६१ पालिकामा पशुसेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको बताए।

उनले भने, ‘गाईवस्तु पाल्ने गरिब निमुखाको लागि राज्य नउभिने हो भने उनीहरूको दिन आउँदैन। क्षतिपूर्ति पनि हुनुपर्छ। हल गोरूकै मृत्यु भयो भने केले खेती गर्ने? मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने? सामथ्र्य छैन भने समितिले के गर्नुपर्ने हो? हामीसँग बजेट छैन भनेर मुक्ति चाहिँ पाइँदैन।’

पशुचौपायामा देखापरेको लम्पी स्किनको रोकथामबारे समितिमा भएको छलफलमा अधिकांश सदस्यहरूले रोग रोकथामका लागि सरकारले गरेको प्रयास र क्षतिपूर्तिबारे प्रश्न उठाएका थिए।

बैठकमा समितिका सदस्य वीरबहादुर बलायरले लम्पी स्किन रोगको रोगथाम र रोगका कारण मृत्यु भएका गाईवस्तुको क्षतिपूर्तिका लागि मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने भन्दै प्रश्न उठाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर