बेलायत र भियतनामका राजदूतले बुझाए राष्ट्रपति पाैडेलसमक्ष ओहदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बेलायत र भियतनामका नवनियुक्त राजदूतले आ-आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवनमा आज आयोजित बेग्लाबेग्लै विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि बेलायतका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रूसेल फेन र भियतनामका गैरआवासीय राजदूत न्युगेन थान्ह हाईले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थिए। यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर